११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्न थाल्यो
अ अ+ अ-

मुस्ताङ। चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो ।

मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थाले पछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताउनुभयो । फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उहाँको भनाइ छ ।

मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ ।

हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ । भगवान् विष्णुको बासस्थान रहेको मुक्तिनाथधाममा बर्सेनि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

मन्दिरसम्म पुग्ने धार्मिक पर्यटक तथा दर्शनार्थीको सुविधाका लागि पर्याप्त भक्तजनमैत्री पूर्वाधार नहुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । मन्दिरको मुख्य प्रवेशद्वार ‘सिङ्गललेन’को भएकाले भक्तजनलाई भीडभाडमा पैदलयात्रा गर्न समस्या हुने गरेको समितिका व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । साथै मन्दिर परिसरमा पर्याप्त मात्रामा शौचालय र चेञ्जिङरुम (कपडा परिवर्तन गर्ने कोठा) नहुँदा पनि भक्तजनलाई समस्या पर्ने गरेको उहाँको बुझाइ छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले दर्शनार्थीको सुविधाका लागि समितिले आठ वटा योजना अघि बढाउन पुरातत्व विभागसँग स्वीकृतिका लागि प्रस्ताव पठाइसकेको जानकारी दिनुभयो । भक्तजनमैत्री पूर्वाधार निर्माणका लागि पुरातत्व विभागमा पठाइएको प्रस्ताव अनुमोदन हुन नसकेकाले पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

झापाबाट शैक्षिक भ्रमणमा मुक्तिनाथ आउनुभएकी एञ्जल अधिकारीले यस क्षेत्रको सेताम्मे हिमशृङ्खलाले आकर्षित गरेको धारणा राख्नुभयो । क्याम्पसका ६२ जना विद्यार्थीसँगै मुक्तिनाथ दर्शन गर्न आउनुभएकी उहाँले पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न पाउँदा गौरान्वित महसुस भएको बताउनुभयो ।

यसैगरी नवलपुरका दर्शनार्थी सुनिल पाठकले मुक्तिनाथको १०८ धारामा स्नान गरी मन्दिर दर्शन गर्नाले सबै जानअञ्जानमा भए/गरेका पाप पखालिने जनविश्वाश रहिआएको बताउनुभयो । नेपालका धार्मिकस्थलमध्ये एक प्रमुख रहेको मुक्तिनाथ क्षेत्रमा देवीदेवताको बासस्थान रहेकाले यसस्थानको महत्व अधिक रहेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडकमार्ग सहज भइसकेकाले पनि मुस्ताङ र मुक्तिनाथ दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको हो । मुस्ताङमा धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै यहाँको पर्यटन व्यवसायसमेत चलायमान बन्दै जान थालेको छ । मुक्तिनाथमा दर्शन गर्न भारतीय पर्यटकको बाक्लो उपस्थिति रहँदै आएको छ ।

मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार ५५८ जना पर्यटक भित्रिएका छन् । यसअघि आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । गत आवमा यहाँ सात लाख पाँच हजार ७७९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।

मुक्तिनाथमा विशेषगरी चैते दसैँको सोह्र श्राद्धदेखि औँसी र चैते दसैँसम्म  तथा बडादसैँ अघिको सोह्र श्राद्धदेखि बडादसैँसम्म धार्मिक पर्यटकको आगमन अत्यधिक हुने मुक्तिनाथ विकास समितिले जनाएको छ । रासस