११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एआई शिखर सम्मेलन निष्कर्षविहीन
अ अ+ अ-

नयाँदिल्ली। पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति निर्माता भेला भएको ग्लोबल एआई शिखर सम्मेलन औपचारिक अन्तिम घोषणाबिना टुङ्गिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवसर र जोखिमबारे साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखिएको सम्मेलनको संयुक्त वक्तव्य शनिबार दिउँसोसम्म सार्वजनिक भएको थिएन, जबकि त्यसको अपेक्षा एक दिनअघि गरिएको थियो । फ्रान्स, ब्राजिल लगायतका देशका नेतासहित दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलहरू भारतको राजधानी नयाँदिल्लीमा द्रुत रूपमा विकसित भइरहेको जेनेरेटिभ एआई प्रविधिको प्रभावबारे छलफल गर्न भेला भएका थिए ।

यो विकासोन्मुख राष्ट्रद्वारा आयोजना गरिएको पहिलो वार्षिक बैठक हो र एआई प्रभावसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा आयोजना गरिएको थियो । भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले शुक्रबार ‘घोषणामा ठूलो सहमति’ भएको बताउनुभएको थियो, तर विवरण खुलाउन अस्वीकार गर्नुभएको थियो । उहाँका अनुसार ७० भन्दा बढी हस्ताक्षरकर्ताले समर्थन जनाइसकेका छन् र यो सङ्ख्या ८० नाघ्ने अपेक्षा गरिएको छ ।

“हामी यो सङ्ख्या अधिकतम बनाउन प्रयासरत छौँ”, सम्मेलन समापनका क्रममा उहाँले बताउनुभएको थियो । शनिबारसम्म आयोजक र मन्त्रालयबाट औपचारिक टिप्पणी प्राप्त भएको थिएन ।

सम्मेलनमा बहुभाषी एआई अनुवादका सामाजिक लाभ, रोजगारीमा पर्ने सम्भावित असर, डाटा सेन्टरहरूको उच्च ऊर्जा खपत र नियमनको दायरा जस्ता विषयहरू प्रमुख बहसमा रहे। यद्यपि विश्लेषकहरूले सम्मेलनको व्यापक र खुला एजेन्डाले ठोस र बाध्यकारी प्रतिबद्धता निकाल्न कठिन बनाएको टिप्पणी गरेका छन् ।

यसअघि फ्रान्स, दक्षिण कोरिया र बेलायतमा आयोजित संस्करणहरूमा पनि अस्पष्ट प्रतिज्ञा मात्र गरिएको स्मरण गराइएको छ । गत वर्षको एआई शिखर सम्मेलनमा संयुक्त वक्तव्यमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले यसपटक भारतसँग अलग द्विपक्षीय घोषणापत्र जारी गरेको छ। उक्त घोषणापत्रमा दुवै देश ‘उद्यमशीलता र नवप्रवर्तनलाई अनुकूल हुने एआईसम्बन्धी विश्वव्यापी दृष्टिकोण’ अघि बढाउन सहमत भएको उल्लेख गरिएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रविधि सल्लाहकार तथा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख माइकल क्रेटसिओसले जेनेरेटिभ एआईमाथि केन्द्रीयकृत विश्वव्यापी नियन्त्रणको अवधारणाविरुद्ध चेतावनी दिनुभएको छ । उहाँले ट्रम्प प्रशासनले एआईको विश्वव्यापी शासन संरचनालाई अस्वीकार गर्ने नीति दोहोर्‍याएको बताउनुभयो ।

केही सहभागीहरूले सम्मेलन स्थलमा प्रवेश–निकास व्यवस्थापन कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। यद्यपि दशौँ हजार सहभागीको उपस्थितिसहित सम्पन्न सम्मेलनले एआईको भविष्यबारे बहसलाई अझ व्यापक बनाएको विश्लेषकहरूको भनाइ छ । तर साझा घोषणापत्रबिना टुङ्गिएको यो सम्मेलनले विश्वव्यापी सहमतिको मार्ग अझै जटिल रहेको सङ्केत दिएको छ ।  (रासस/एएफपी)