२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डको पार्कमा भाइरसका कारण दर्जनौँ बाघको मृत्यु



अ+ अ-

बैङ्कक। पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ ।

बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताउनु भएको छ ।

टाइगर किङडम, पार्कको वेबसाइटमा उल्लेख भएका सुचनाका आधारमा बाघहरू समयमै परीक्षण र उचित औषधोपचारको अभावमा दुःख, र डरको बिचमा मत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  (रासस/एएफपी)