३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ

चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
अ+ अ-

काठमाडौँ। प्रहरीले चोरीका मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौँडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–६ हात्तिगौँडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे र बुढानिलकण्ठ–७ हात्तिगौँडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बुढानिलकण्ठ–७ हात्तिगौँडा र काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिर नजिक पार्किङ गरी राखेको बाप ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले निजहरूलाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरूमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निजहरूको साथबाट दुई थान टायर, इञ्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, टेङ्की, सकको भाग, मोटरसाइकलको पाटपुर्जा निकाल्न प्रयोग हुने विभिन्न समान, उक्त चोरीका मोटरसाइकलको पाटपुर्जा निकाली जडान गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

सितापाईलाबाट एक हजार किलो सुपारीसहित एक जना पक्राउ

प्रहरीले काठमाडौँको सितापाईलाबाट एक हजार किलो सुपारीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २२ वर्षीय रामशरण बिसुङ्खे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सुपारी लोड भएको बाप्र ०२–०२५ च ०३९७ नम्बरको गाडी र सो गाडी चालक बिसुङ्खेलाई पक्राउ गरेको हो ।” बरामद गरिएको सुपारीसहित निजलाई प्रहरीले विमानस्थल भन्सार कार्यालयमा पठाएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

लागुपदार्थ सेवन गरी सवारी चलाउने सात जना चालक पक्राउ

ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने सात चालकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज नागढुङ्गामा गरेको जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने तीन माइक्रो चालक, दुई बस चालक, एक ट्रक चालक र एक पिकअप भ्यान चालकलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको टोलीको सहयोगमा जाँच गरिएको थियो । पक्राउ परेका चालकहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफौमा नियम विपरीत तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।  रासस