१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा प्याजको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा ह्वातै मुल्य बढेको प्याजको मुल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन हुँदा नेपाली बजारमा प्याजको मुल्य घटेको हो ।

केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगको प्याजको मुल्य बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ।

भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। आजको मूल्य सूचीअनुसार औसतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ। यस्तै, थोक बजारमा चिनियाँ प्याजको औसत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्यांकले देखाउँछ।

विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। बाँकी नेपाली प्याज थियो। भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० भारु रहेको प्याज अहिले ७० भारुमा झरेको छ। मूल्य घट्ने शंकाले किसानहरू प्याज बेच्न हतार गरिरहेको बताइएको छ।