४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

विशेष आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान हुन्छ : मन्त्री भट्ट

विशेष आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान हुन्छ : मन्त्री भट्ट
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ ।

नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि अन्य समस्या समाधानका लागि आफुसहितको टोली अनुगमनमा गई तत्काल निर्णय गर्ने बताउनु भएको हो । ‘नेपालमा सेजको पुर्वाधारको अवस्था’को विषयमा बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले आफु सहितको टिमले अनुगमन गरी उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण सम्बन्धमा अध्ययन गरी तत्काल समस्या समाधान गरिने बताउनुभएको हो ।

कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले भैरहवा सेजमा विद्युत आपूर्ति लगायत विभिन्न पूर्वाधारको समस्या रहेकाले उद्योगीहरु आकर्षित हुन नसकेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले ५ मेगावाट विद्युत तत्काल उपलब्ध गराउने भएपनि सेज भित्र कै व्यवस्थापनका कारण विद्युतको समस्या देखिएको बताउनुभयो । जसले गर्दा उद्योगीहरु आकर्षित हुन नसकेको उहाँले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका उप महानिर्देशक हरराज न्यौपानेले भैरहवा सेजको विद्युत आपूर्तिमा ५ मेगावाट सम्म अहिलेकै सिस्टमबाट विद्युत आपुर्ति गर्न सक्ने भएकाले विद्युतको समस्या आफुले बुझ्न नसकेको बताउनुभयो । उहाँले बुटवलदेखि सेज सम्म पुग्ने ३३ केभि लाइनलाई छ महिना भित्रमा २९ केभि लाइन पु¥याइसक्ने प्रतिवद्धता जनाइसकेको बताउँदै सेज भित्रको वितरण प्रणाली प्रधिकरणको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्नुभयो ।

निर्यात गरिने वस्तु उत्पादनका लागि उद्योग स्थापना गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारणा आएको हो । जसमा सरकारले कर तथा अन्य पुर्वाधारमा विशेष सुविधा दिने छ । सेजमा स्थापना भएको कम्पनीले पहिलो ५ वर्षसम्म शत प्रतिशत आयकर छुट पाउने छ र त्यस पछि ५० छुट छुट पाउने छ । त्यस्तै उद्योग सञ्चालनमा आएको १ वर्ष सम्म उत्पादन भएको वस्तु वा सेवा अन्तरिक बजारमा विक्री गर्न पाउने छ भने १ वर्षपछि ६० प्रतिशत वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । तर सेजमा पुर्वाधार विकास हुन नसक्दा अझै लक्ष्य अनुसारका उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् ।