७ पुष २०८२, सोमबार
,
Latest
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढाउन… धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वतन्त्रता नियन्त्रण गर्न खोज्यो : नेकपा नेता पन्त



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य रघुजी पन्तले सरकारले ल्याएको सूचना प्रविधि विधेयकले नियमनको नाममा नियन्त्रण गर्न खोजेको बताएका छन् । नेता पन्तले सरकारले नियमनको नाममा स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विधेयकको विपक्षमा मिडियाले भ्रम फैलाएको टिप्पणी गरेका थिए। नेता पन्तले भने बाँस्कोटाको जवाफलाई ‘मुखाले’ को संज्ञा दिएका छन्। ‘विधेयकका विषयमा एरोगेन्ट, मुखाले जवाफ दिएर सरकारको प्रवक्ताले ‘अँ यस्तो होइन’ भनेर हुन्छ र,’ पन्तले भने, ‘बोल्न त कानुन बोल्नुपर्छ। सरकारका प्रवक्ताले के भन्छन् महत्वपूर्ण हैन। यो कानुन पारित भएपछि यसको अर्थ के लाग्छ भन्ने कुरा हो।’

उनले विधेयकमा गरिएको दण्ड/सजाय कडा भएको बताउँदै विधेयकमा विभिन्न अर्थ लाग्ने शब्द राखिएकोमा आपत्ति जनाए।

‘जिस्काउनेको अर्थ के, बाटोमा हिँड्ने युवतीलाई खराब आशयले जिस्कायो भने एक खालको अपराध होला, तर ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड छन् फेसबुकमा जिस्किए भने त्यो अपराध हुन्छ र,’ पन्तले भने, ‘राजनीतिज्ञले व्यङ्ग सामना गर्नुपर्छ। नागरिकको आलोचना प्रश्न गर्न पाउने अधिकारलाई कुनै पनि कारणले खुम्च्याउनु हुँदैन।’