७ पुष २०८२, सोमबार
,
Latest
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै, नयाँ टेण्डर प्रक्रिया तत्काल अघि बढाउन… धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला सभापतिसँग देउवा कड्किए



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापति सभापति शेरबहादुर देउवाको चियापान कार्यक्रममा उपस्थित भएका हुन् ।

जिल्ला सभापतिहरुकोे चियापान भेटमा देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिदै वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाई नबोलाउन भन्दै कड्कीएका थिए । ‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईहरु आउने ? अनि त्यो बैठकमा आउँदै गर्दा मर्लाइ किन खवर गर्नुभएन ? तपाईहरु देखि मेरो चित्त दुख्यो ? सभापति देउवाको भनाई उदृत गर्दै एक नेताले भन्नुभयो, ‘भोली तपाईहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?’

ललितपुर जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुर्याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो । पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको थियो । भेला तीन दिनसम्म चलेको थियो ।