२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुपदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ



अ+ अ-

काठमाडौँ। देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।  रासस