११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला

कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ ।

सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका सिकाएको थियो ।

सीपमा आधारित सिकाइ मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरेको थियो । लोप हुँदै गरेका सामग्रीद्वारा समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतिबाट सिकाइ गरिएको थियो ।

मेलामा ढिकी, जाँतो, ठेकीमा मोही बनाउने तरिका, फलामका भाँडाकुँडा बनाउने तरिका र खानाका परिकार बनाउने विधि प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको थियो । विद्यालयमा बनाएको परिकारको खरिद तथा बिक्रीसमेत गरिएको थियो । अग्र्यानिक खाना निर्माण गरेर बिक्रीसमेत गरिएको छ ।

सेलरोटी, कोदाको रोटी, सिस्नु रोटी र आलुबाट निर्माण हुने परिकार बनाएको थियो । टपरीमा खाना बिक्री गर्नका लागि टपरी निर्माण गर्ने सीप सिकाइका साथै खाना टपरीमा बिक्री गरिएको छ । आधुनिक रूपमा प्रयोग हुने विभिन्न उपकरणसमेत प्रदर्शनी गरिएको छ । कर्णालीमा उत्पादन हुने ओखर, स्याउ तथा अन्य दालजन्य वस्तुको बिक्रीवितरण गर्न स्टल नै राखिएको छ । उक्त कार्यक्रममा पाँच सयभन्दा बढी अभिभावक तथा बालबालिकाले सक्रिया रूपमा प्रयोगात्मक कार्यमा सहभागी हुनुका साथै आर्थिक रूपमा लाभ उठाएका छन्् ।

विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले यो कार्यक्रमबाट पढेरमात्र होइन, परेर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने उदाहरण दिएको बताउनुभयो । प्रयोगात्मक रूपमा धेरै कुरा सिक्ने र जीवनलाई सरलीकृत गर्ने अभियानमा रहेको पनि उहाँको भनाइ छ । “डिग्री पढेको भनी हामी जानकारी दिन्छौँ तर खाना बनाउन पनि आउँदैन भने त्यो पढेको के अर्थ भयो,” उहाँले भन्नुभयो, “हामीले विगतको संस्कार, संस्कृतिलाई संरक्षण गर्नुका साथै नयाँ आधुनिक विश्वमा आफूलाई जानकार बनाउनुपर्ने दायित्व छ ।”

खाना जानेरभन्दा पनि खाना नजानेर धेरैलाई समस्या आएको उहाँको भनाइ छ । कर्णाली अग्र्यानिक उत्पादनको महत्त्वपूर्ण क्षेत्र भए पनि निर्माण गर्ने तरिका तथा सीपको अभावमा दुनियाँको प्रयोगशाला भएको उहाँको भनाइ छ । विद्यालयमा पढाउनुमात्र ठूलो कुरा नभइ सीपसहित ज्ञान दिएर भावी पुस्तालाई समेत विगत, वर्तमानबारे अवगत गराउँदै आधुनिक विश्वसँग प्रतिस्पर्धा गराउने नागरिक तयार गर्नु अहिलेको दायित्व भएको खत्रीको भनाइ छ । कार्यक्रममा सबै सीपको प्रदर्शनीमात्र नभई अभ्यास पनि भारी मात्रामा गरिएको थियो ।

बालबालिकाले अभिभावकसँग खाना बनाएर बिक्री गर्दै आर्थिक रूपमा पनि लाभ उठाएका थिए । सहरबजारमा नपाइने परम्परागत औजारको प्रदर्शनीले विगतमा पुर्खाहरूले गरेका कठिन दिनको सङ्र्घष पनि झल्किएको थियो । अहिलेको विकाससँगै विगतमा भएका सङ्र्घषका कथा आजको प्रदर्शनीमा झल्किने गरेको थियो । रासस