४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

विधेयकको दफा-दफामा छलफल गर्न नेता थापाले दिए मन्त्री बास्कोटा चुनौती

विधेयकको दफा-दफामा छलफल गर्न नेता थापाले दिए मन्त्री बास्कोटा चुनौती
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाउनुभएको छ ।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध विहिबार काठमाण्डौको माईतीघर मण्डलमा गरेको सभालाई सम्बोधन गर्दै उहाँले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गर्नुभयो । उहाँले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागिय मन्त्रीको भनाई प्रति पनि आपत्ती जनाउनुभयो । विधेयकका सबै दफा दफामा आफु छलफल गर्न तयार रहेको भन्दै उहाँले छलफल कहाँ गर्ने भनी प्रश्न गर्नुभयो । उहाँले विधेयकका दफा दफामा छलफल गर्न विभागिय मन्त्रीलाई चुनौति नै दिनुभयो । उहाँले सुचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्युवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “यो विधेयकको धारा धारामा दफा, दफामा छलफल गर्न तयार छौ । माननीय मन्त्री ज्यूले भन्नुभएछ, विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्री जी ? सिंहदरबार गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो ? कि तिम्रो कार्यालय धुमबराही मा गर्ने हो ? प्रत्येक दफा दफामा , शब्द शब्दमा छलफल गर्न तयार छु । नपढीकन आएको होइन । पढेर, बुझेर आएको । हेप्ने हाम्लाई नपढीकन आयो भन्ने ?”

उहाँले प्रधानमन्त्री कमजोर भएर सरकारका कामकारवाहीप्रति सचेत जनताको मुख थुन्न गलत नियतका साथ विधेयक ल्याईएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमा आएका टिप्पणी र आलोचना सहने हिम्मत नभएपछि सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्ने नियत साथ विधेयक ल्याएको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाले भन्नुभयो “प्रधानमन्त्री बलियो भएर आएको होइन । प्रधानमन्त्री लुते भएर आएको । प्रधानमन्त्री कायर भएर आएको हो यो । अस्वस्थ्य प्रधानमन्त्री हुनुहुन्छ । म स्वास्थ्य लाभको कमना गर्छु ।” विधेयकमा आवश्यक परिमार्जन गरेको वहानामा मस्यौदामा ‘निरन्तर’ भन्ने शब्द मात्रै थप्ने काम भएको तर्क उहाँले गर्नुभयो ।

विरोधसभा अघि विद्यार्थीले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरि विधेयक ल्याईएको भन्दै सूचना प्रविधि विधेयक खारेजीको माग गर्दे नाराबाजी सहित र्याली गरेका थिए । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक लगायत विवादास्पद विधेयकहरु फिर्ता गर्न माग गर्दै आएको छ ।