१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिस्टानको अधिवेशनमा शिक्षामन्त्री



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताउनुभएको छ ।

माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘शिक्षाको स्तर कस्तो छ भन्ने कुरा शिक्षकको स्तर कस्तो छ भन्ने कुराले निर्धारण गर्छ’, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको समेत बताउनुभएको छ । देश कता जान्छ भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्ने र शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भन्ने कुराले निर्धारण गर्ने उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताउनुभयो । नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले आवश्यक दरबन्दी सिर्जना गर्न लगायतका शिक्षा संगठनहरुले उठाएका मागहरु पुरा गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा प्रगति भएपनि गुणस्तरिय बनाउन सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।