१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गर्नुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिनुभयो । हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वमा स्थिर सरकार तथा नीति रहेको भन्दै उहाँले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि आग्रहसमेत गर्नुभयो । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको तथ्य जानकारी गराउँदै उहाँले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने बताउनुभयो । वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको मन्त्री पुनको भनाइ थियो । सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रूपमा काम गरिरहेको उहाँको भनाइ थियो ।

भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहकार्यको प्रस्ताव गर्नुभयो । नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र सङ्घबीच सहकार्य गर्न सकिने बताउनुभयो ।

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गर्नुभयो । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि सङ्घले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको चापागाईले जानकारी दिनुभयो । मन्त्री पुन नवीकरणीय ऊर्जा सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।