१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



अ+ अ-

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस