२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

हाम्रो पात्रोद्वारा ‘चौतारी मिट’ सार्वजनिक

हाम्रो पात्रोद्वारा ‘चौतारी मिट’ सार्वजनिक
अ+ अ-

काठमाडौँ: नेपालको सबैभन्दा लोकप्रिय सुपर एप हाम्रो पात्रोले डिजिटल सञ्चारलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउन नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ (Chautari Meet) सार्वजनिक गरेको छ। यस सेवामार्फत अब प्रयोगकर्ताहरूले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै हाम्रो पात्रो एपभित्रैबाट उच्च गुणस्तरको भिडियो कन्फरेन्स सञ्चालन गर्न तथा सहभागी हुन सक्नेछन्।

एन्ड्रोइड (ANDROID) तथा आइओएस (iOS ) दुवै प्लेटफर्ममा प्रयोग गर्न सकिने ‘चौतारी मिट’ हाम्रो पात्रो एपको मेनु कार्ड तथा साइडबारमा उपलब्ध छ। प्रयोगकर्तामैत्री संरचनाका कारण बैठकको लिङ्क सेयर गरेपछि सहभागीहरू केवल एक क्लिकमा, कुनै झन्झटिलो लगइन प्रक्रिया बिना सिधै बैठकमा प्रवेश गर्न सक्छन्।अन्य प्लेटफर्ममा जस्तो समयको सीमा नराखिएकाले प्रयोगकर्ताहरूले असीमित समयसम्म छलफल गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

भिडियो कन्फरेन्सको सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिँदै आयोजक (Host) ले सहभागीहरूलाई म्यूट गर्ने, भिडियो बन्द गर्ने वा हटाउने सुविधा उपलब्ध गराइएको छ। साथै, बैठकको क्रममा सन्देश आदानप्रदानका लागि इन-मिटिङ च्याट सुविधा समेत समावेश गरिएको छ।

डेस्कटप तथा ल्यापटप प्रयोगकर्ताका लागि ‘चौतारी मिट’ को वेब संस्करण chautari.hamropatro.com मा उपलब्ध रहेको कम्पनीले जनाएको छ। वेब संस्करणमा एपको तुलनामा थप विस्तारित तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त सुविधाहरू समावेश गरिएका छन्।

हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतमले भन्नुभयो, “हामी ‘चौतारी मिट’लाई केवल भिडियो कन्फरेन्सिङ सेवामा सीमित राख्ने सोचमा छैनौँ। हाम्रो लक्ष्य नेपाली प्रयोगकर्तालाई सरल, सुरक्षित र भरपर्दो डिजिटल अनुभव प्रदान गर्नु हो। त्यसैले यसलाई अझ परिष्कृत र बहुउपयोगी बनाउँदै लैजाँदैछौँ।

प्रयोगकर्ताको सहजताका लागि चाँडै नै ‘Meeting Scheduling’, च्याटमा ‘Document Sharing’, मोबाइलबाटै कन्टेन्ट शेयर गर्ने सुविधा तथा फेसबुक र युट्युबमा सिधै ‘Live Streaming’ गर्ने व्यवस्था थपिनेछ। अफिसियल मिटिङ, अनलाइन कक्षा, तालिम तथा पारिवारिक भलाकुसारीका लागि ‘चौतारी मिट’लाई एक स्वदेशी र विश्वासिलो डिजिटल विकल्पका रूपमा विकास गरिएको हो।”

डिजिटल क्षेत्रमा नेपाली प्रयोगकर्तालाई स्वदेशी समाधान उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।