१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलिय बेमेलको बन्धक संसदलाई बनाउनु हुन् : गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपाभित्र कुरा नमिल्दा प्रतिनिधिसभालाई बन्धक बनाइएको आरोप लगाएका छन् ।

आईतवार प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएपछि थापाले सामाजिक सञ्जाल ट्वीटरमा दलीय बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको उल्लेख गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन्।

‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ। यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,’ थापाले ट्वीटरमा भनेका छन्, ‘उपसभामुखज्यू,संसद कुनै दलको छाया होइन,तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस्।’