४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

पूर्वाधार निर्माणका लागि ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन

पूर्वाधार निर्माणका लागि ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन
अ+ अ-

काठमाडौं । सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत असोजमा मन्त्रिपरिषद् गरेको निर्णय अनुसार घोषणा भएका ३२ औद्योगिक ग्रामको पूर्वाधार निर्माण र विकासका लागि स्थानीय तहहरुलाई १५ दिनभित्र रकम निकासा गर्न निर्देशन दिनुभएको हो ।

झापाको दमकमा रहेको औद्योगिक क्षेत्र लागि १४ सय ८२ रोपनी जग्गा औद्योगिक व्यवस्थापन कम्पनीको स्वामित्वमा आएको उहाँले बताउनुभयो । मन्त्रालयका आगामी कार्ययोजनाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनम मन्त्री भट्टले तीन महिनाभित्र अत्तरिया, धनगढी, इटहरी र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन प्रकृया सुरु गरिने पनि बताउनुभएको छ । यहि आर्थिक वर्षभित्रमा प्रकृया पुरा गरेर थप ७० वटा औद्योगिक ग्राम घोषणा गरी सरकारबाट अनुदान दिइने उहाँले बताउनुभयो ।

मन्त्री भट्टले ढंगा गिट्टी र बालुवा जस्ता निर्माणजन्य पदार्थको उत्खननका लागि नदीमात्रै प्रमुख स्रोत रहेको अवस्थामा विभिन्न खानी तथा भूगर्व विभागले पहिचान गरेका १४ जिल्लाका ९१ खानीहरुको सञ्चालन र प्रवद्र्धनका लागि नीजि क्षेत्रको संलग्नता गराउने बताउनुभयो । त्यसका लागि बोलपत्र आह्वाको प्रकृया केही दिनभित्रै सुरु गरिने उहाँले बताउनुभयो ।

मन्त्रालयले यो आर्थिक वर्षमा सबै पेट्रोलियम पदार्थहरुको अनुगमन पनि गर्ने भएको छ । ६ महिनाभित्र मुल्यवान तथा अर्धमूल्यवान पत्थरहरुको उत्खनन गरी प्रशोधन र निर्यातमा रहेका नीतिगत जटिलता हटाएर ६ महिनाभित्र सुर्खेतमा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी मन्त्रालयले गरेको छ । कम्पनी रजिष्ट्रारमा ३ महिनामा टोकन प्रणाली र ६ महिनामा मोबाइल एप निर्माण गरी सेवाग्राहरुलाई सुविधान दिनेतयारी मन्त्रालयले गरेको छ । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको आवश्यक तयारी पुरा गरी अर्को आर्थिक वर्षमा निर्माण सुरु गरिने, बैतडीमा फस्फोराइज खनिजको अन्वेषणको काम अन्तिम चरणमा पुगेको र यहि वर्षभित्र ड्रिलिङको काम सम्पन्न गरी मल उत्पादन गर्ने उद्योगको प्रवद्र्धन गरिने मन्त्रालयले जनाएको छ ।