९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागको सात जना कैदीबन्दी पक्राउ



अ+ अ-

काठमाडौं। भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट भागको सात जना कैदीबन्दी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, खोजतलासका क्रममा काठमाडौँका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका-१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ पक्राउ परेका छन् ।

त्यस्तै, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका-२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका-३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उनीहरू डाँका चोरी, मानव बेचविखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए। एसपी भट्टराईले सातै जनालाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाइएको जानकारी दिनुभयो ।