१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल



अ+ अ-

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ ।

सोमवार निर्वाचन आयोगले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचनमा हुने अत्याधिक खर्चले सुशासनको मार्गमा गम्भीर चुनौती खडा गरेको बताउनु भयो । पोखरेलले नीति फाउण्डेशनको अध्ययनलाई उद्धृत गर्दै ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली र दोस्रो प्राथमिकता आगामी आगामी निर्वाचनका लागि स्रोत जुटाउनु हुने गरेको औंल्याउनु भयो । यसले गर्दा जनप्रतिनिधिहरूको ध्यान जनताको आवश्यकता पूर्ति गर्नुभन्दा पनि चन्दादाताहरूको स्वार्थ सिद्ध गर्नतर्फ मोडिने गरेको उहाँको विश्लेषण छ ।

ट्रान्सफरेन्सी इन्टरनेशनलको अन्तर्राष्ट्रिय प्रतिवेदनलाई आधार मान्दै उहाँले निर्वाचन खर्च सीमाभित्र राख्ने देशहरूमा मात्र भ्रष्टाचार नियन्त्रण र सुशासन सम्भव भएको स्पष्ट पार्नुभयो । अनियन्त्रित चुनावी खर्चले देशको समग्र प्रणालीलाई नै विकृत बनाउने हुँदा यसमा गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको कानूनी व्यवस्था र यथार्थको चर्चा गर्दै पोखरेलले उम्मेदवारहरूले निर्वाचनका लागि ऋण लिने र पछि तिर्न नसकेर समस्यामा पर्ने गरेको तीतो सत्य रहेको बताउनु भयो । उहाँकाअनुसार कतिपय देशमा निजी खर्चमा पूर्ण प्रतिवन्ध लगाइएको भएपनि नेपालमा स्वेच्छिक सहयोग लिन पाउने खुला प्रावधानले गर्दा पारदर्शितामा समस्या देखिएको छ ।

उहाँले भन्नुभयो, ‘ठूलो खर्च गर्ने र निर्वाचन जित्नेको पहिलो ध्यान हिजोको पैसा उठाउनु प¥यो अनि दोस्रो प्राथमिकता भोलि हुने निर्वाचनलाई चाहिने स्रोत जुटाउनुप¥यो अनि त्यसको लागि चाहीँ प्रायोरिटी जनताको आवश्यकताभन्दा त्यो चाहीँ जसको डोनर हो उसको आवश्यकतालाई पूर्ति गर्न उसको प्राथमिकता हुनुप¥यो भन्ने उहाँहरुको डकुमेन्टेसनमा भएको कुराहरु हो ।  ट्रान्सफरेन्सी इन्टरनेशनलले के भन्छ भने जुन देशहरुको भ्रष्टाचार एकदम कम भएका देशहरुको इन्डिकेटर्सहरुमा के ले मद्दत गर्या छ भन्दा जुन देशहरुमा निर्वाचन खर्च सीमानाभित्र छ त्यहाँ स्वच्छता छ त्यहाँ भ्रष्टाचार नियन्त्रण हुनसक्ने सुशासन कायम हुनसक्ने होइन भनेदेखि यसले भ्रष्टाचार र सुशासनलाई बिगार्ने बाटोमा लैजान्छ भनेर वार्ड गरेको छ, ट्रान्सफरेन्सी इन्टरनेशनलले उसले ग्लोवल इन्फर्मेसनको आधारमा । निर्वाचन गर्नुप¥यो पैसा चाहियो पैसा त नभईकन त भएन प्रचार प्रसार गर्नलाई भन्दाखेरी अब के लिन मिल्ने र नमिल्ने भन्ने कुराहरु कानूनमा छ अघि सचिवजीले पनि अलिकति बताइसक्नुभाुछ तैपनि दुईवटा कुराबाट मात्रै हामीले लिन पाउँछौं। एउटा आफ्नो पैसा खर्च गर्न पाइयो कतिको घरखेत भाछ निर्वाचन पछाडि पैसा तिर्न नसकेर बसाइँ सर्नुप¥या अनेक कुराहरु छन् उदाहरण अर्को चुनावको उधारो अहिलेसम्म ति¥या छैन भनेर भन्दा हुनुप¥या अवस्था छन् दिज आर द रियालिटिज है । भने अर्को हामीले स्वेच्छिक रुपमा आर्थिक सहयोग को बाट लिन पाउने भन्दा नेपाली नागरिक र संगठित संस्थाहरुबाट हामीले लिन पाउने भनेर भन्या छ । संसारमा यी विभिन्न खालका प्रयोगहरु छ । कहीँ निजी पैसा खर्च गर्न नपाउने मुलुकहरु पनि छ आफ्नो पैसा खर्च गर्न पाउँदैन । अनि यो पैसाको लिने पैसाको कतिसम्म लिन पाउने भनेर क्याप तोक्या छ हाम्रो यसमा ओपन छ ।’

उहाँले निर्वाचन प्रणालीलाई स्वच्छ बनाउन चन्दा संकलनको स्पष्ट सीमा र खर्चको कडा निगरानी आवश्यक रहेको बताउनु भयो ।