४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
अ+ अ-

काठमाडौँ । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तिब्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टा लगायत १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि औपचारिक प्रश्ताव पठाएको छ ।

श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेकाअनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताउनु भयो । उहाँकाअनुसार १६ देशसँग प्रश्ताव पठाइएको छ । परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दुतावासहरूले पनि यी मुलुकहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उहाँले छिट्टै परिणामुखी सम्झौता हुने बताउनु भयो ।

सहसचिव घिमिरेले भन्नुभयो– ‘जहाँ मानवअधिकार काम गर्ने वातावरण छ, नेपालीले धेरै राम्रो आय आर्जन गर्न सकिरहेका छन् ती मुलुकसँग नेपालले श्रम सम्झौता गर्न खोजिरहेको छ । ती देशहरुसँग श्रम सम्बन्ध विस्तार गर्नुपर्छ भनेर खासगरी पूर्वी युरोपका मुलुकहरुमा १६ वटा मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँं । अहिले रोमनियाबाहेक अरु हुन सकिरहेको छैन । यो प्राथमिकतामा छ । सम्झौताको प्रश्तावसहित अनुरोध गरिरहेका छौं । परराष्ट्र मन्त्रालय र हाम्रा दुतावासहरुले पहल समेत गरिरहेका छन । क्रोसिया,माल्टासहितका १६ ओटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरु गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रश्ताव पठाइएको छ ।’

अहिले क्रोएसिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।

पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू (विशेष गरी रोमानिया, क्रोएसिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल  नेपाली वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।  यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य मुलुकहरूका लागि उदाहरण मानिएको छ ।