२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

चन्द्रागिरिमा महाशिवरात्रीको उल्लास-फोटो फिचर

चन्द्रागिरिमा महाशिवरात्रीको उल्लास-फोटो फिचर
अ अ+ अ-

काठमाडौं । महाशिवरात्रीको अवसरमा काठमाडौंको चन्द्रागिरि डाँडामा अवस्थित प्रसिद्ध भालेश्वर महादेव मन्दिरमा विशेष धार्मिक अनुष्ठानसहित भव्य भजन–कीर्तन तथा उत्सव कार्यक्रम सम्पन्न गरिएको छ ।

शिवभक्तहरूको उल्लेखनीय सहभागिताबीच आयोजित उक्त कार्यक्रमले चन्द्रागिरि क्षेत्रलाई आध्यात्मिक वातावरणले भरिएको थियो।

महाशिवरात्रीको पावन दिन बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लागेको थियो। देशका विभिन्न जिल्लासहित राजधानी उपत्यकाबाट हजारौँ श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि भालेश्वर महादेव मन्दिर पुगेका थिए। विशेषगरी पोखराबाट आएको युवा भजन समूहको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक र सांगीतिक बनाएको थियो ।

उत्सवअन्तर्गत वैदिक विधिअनुसार रुद्राभिषेक, पाञ्चायन पूजा, शिवलिङ्गमा जल तथा बेलपत्र अर्पण, सामूहिक आरती, भजन–कीर्तन तथा साँझ विशेष महाआरती कार्यक्रम सञ्चालन गरिएको थियो। पुरोहितहरूले वैदिक मन्त्र उच्चारण गर्दै भगवान् शिवको आराधना गराउँदा भक्तजनहरू भक्तिभावमा लीन भएका देखिन्थे। दिनभरि ‘ॐ नम: शिवाय’को गुञ्जनले मन्दिर परिसर आध्यात्मिक ऊर्जा र श्रद्धाले भरिएको थियो।

पोखराको युवा भजन समूहले प्रस्तुत गरेका शिवभक्ति गीत, धुन र सांगीतिक भजनहरूमा ले भक्तजनहरूले सामूहिक रूपमा नृत्य गर्दै भगवान् शिवप्रति आस्था व्यक्त गरेका थिए। विशेषगरी युवापुस्ताको सक्रिय सहभागिताले धार्मिक संस्कृतिप्रति बढ्दो आकर्षण झल्किएको थियो ।

चन्द्रागिरी हिल्सका अनुसार दर्शनार्थीलाई सहज रूपमा पूजाअर्चना सहित प्रसाद वितरण गरिएको थियो ।

चन्द्रागिरि क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ। महाशिवरात्रीका अवसरमा यहाँ आयोजना गरिने यस्ता कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

तस्बिर : प्रदीपराज वन्त/रासस