२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा

आस्था, तपस्या र परम्पराको संगम पशुपति क्षेत्र -फोटो फिचर

आस्था, तपस्या र परम्पराको संगम पशुपति क्षेत्र -फोटो फिचर
अ अ+ अ-

काठमाडौँ; ‘काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ ।

भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दैछ । बाँसका खटहरू ठडिँदै छन् । र भक्तजनहरूको लर्को लाग्न थालेको छ । यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन यो करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु हो, जहाँ शिव स्वयं किराँतेश्वर रूपमा विराजमान छन् ।

हिमालयका कन्दराहरूदेखि भारतका अखाडाहरूबाट लामो यात्रा तय गरेर यहाँ आइपुगेका छन् बाबाजीहरु । कसैका जटाहरू भुइँ छुने लामा छन्, तकोही मौन तपस्यामा लिन छन् । सांसारिक मोह त्याग गरेका यी साधुहरूको अनुहारमा एक प्रकारको अनौठो तेज र शान्ति देखिन्छ । शिवरात्रीको अर्को आकर्षण हुन् यी नागा र अघोरी बाबाहरू । गलामा रुद्राक्षका माला, जसलाई शिवको आँशु मानिन्छ । शरीरमा बाघको छालाको ढाँचा भएका बस्त्रहरू ।

यी केवल पहिरन होइनन्, यी शिवको रौद्र र सौम्य रूपका प्रतीक हुन् । उनीहरूको यो विचित्र वेशभूषाले समाजको स्थापित नियमहरू भन्दा परको आध्यात्मिक स्वतन्त्रतालाई झल्काउँछ । शरीरमा घसिएको यो भष्म अर्थात खरानीले जीवनको नश्वरतालाई जनाउँछ— ‘अन्ततः सबै खरानी भएर जानेछ ।’

चिसो रातमा बल्ने यी धुनीहरूले केवल शरीर मात्र तताउँदैनन्, यसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छर्ने विश्वास गरिन्छ । शिवलाई धतुरो र गाँजा प्रिय लाग्छ भन्ने जनविश्वास छ । साधुहरू चिलिमको धुवाँसँगै गहिरो ध्यानमा प्रवेश गर्छन् । उनीहरूका लागि यो नशा होइन, यो शिवसँग एकाकार हुने एक माध्यम हो । जसलाई उनीहरू ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् ।

पशुपतिनाथको यो पावन भूमिमा अहिले मानिस र देवता बीचको दूरी मेटिए जस्तो भान हुन्छ । धुनीको राप, चिलिमको धुवाँ र ‘जय शम्भो’ को जयघोषले वातावरणलाई गुञ्जयमान बनाएको छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका यि तस्बिरहरु ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल