१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता पौडेल नयाँ दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि हुनसक्ने स्वकीय सचिव अधिकारीले बताउनुभयो । काँग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग असन्तुष्ट बन्नुभएका नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच आइतबार मात्रै भेटवार्ता भएको थियो । सो भेटपछि आज नेता पौडेल नयाँदिल्ली जानुभएको हो ।