२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा रिजालका दुई पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको कला, संस्कृतिको महत्व समेटेटिएका डा शिव रिजालका दुई पुस्तक प्रकाशनमा आएका छन् ।

बज्र बुक्सले बजारमा ल्याएको रिजालका ‘पोएटिक्स अफ नेवाः स्पेश (पिपुल, आर्किटेक्चर एन्ड पफमेटिभिटी) र ‘टकिङ स्पेश’ नामक अङ्ग्रेजी भाषामा लेखिएका सो पुस्तक आज यहाँ प्रा डा अभि सुवेदीले सार्वजनिक गर्नुभएको हो । यी पुस्तक दिल्लीस्थित आदर्श इन्टरप्राइजेजले प्रकाशन गरेको हो ।

काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको परम्परागत कला, संस्कृतिको उद्गम र विकासको मुख्य आधार समुदायमा हुने सार्वजनिकस्थलको (स्पेस) रहेको सुवेदीले बताउनुभयो । नेवार समुदायले सार्वजनिकस्थलमा सामूहिक रूपमा आफ्ना कला, संस्कृति पस्किँदै आएको संस्कृति आफैँमा रोचक रहेको उहाँले सुनाउनुभयो ।

पुस्तकको समीक्षा गर्दै प्रमोद मिश्रले नेवार समुदायको उपत्यकाभित्र देखिएको संस्कृतिभन्दा पनि लुकेका र गुमनाम भएका थुप्रै अमूल्य संस्कृतिलाई रिजालको पुस्तकमा अध्ययन गर्न पाइने बताउनुभयो ।

त्यसैगरी, बज्र बुक्सका प्रकाशक विदुर डङ्गोलले रिजालका दुई पुस्तकमात्रै पुस्तकका रूपमा नभई नेवार सभ्यताको दस्तावेज रहेको बताउनुभयो । पुस्तक सार्वजनिकपछि लेखक रिजालले आफू साहित्यको विद्यार्थी भएकाले नेवार कला, संस्कृतिमा जहाँ त्यहीँ साहित्य भाव झल्किएको बताउनुभयो । रासस