२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई निकाश दिने प्रमुख माध्यम निर्वाचन होः सभापति लामिछाने



अ+ अ-

तम्घास। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताउनुभएको छ ।

आज यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिनुभयो ।

सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आममतदातालाई आग्रह गर्नुभयो । चुनावी प्रचारका लागि भेटघाट गर्दै उहाँ आज रिडी हुँदै तम्घास आउनुभएको हो ।

लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन आनागरिकलाई आग्रह गर्नुभयो । उहाँले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राख्नुभयो । उहाँले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता  छन् ।  रासस