२६ असार २०८३, शुक्रबार
,
Latest
आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा



अ+ अ-

धनकौल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताउनुभएको छ ।

घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उहाँले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताउनुभएको हो ।

आज यहाँको बरहथवा नगरपालिका, बसबरिया गाउँपालिकाअन्तर्गत क्षेत्र नं ४ मा पर्ने वडाका मतदातासँग भेटघाटका क्रममा उहाँले आफ्नो निर्वाचन क्षेत्रलाई उत्कृष्ट बनाउने गरी आफूले काम गर्ने बताउनुभयो । “आगामी पाँच वर्षभित्रमा मधेसमा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई भौतिक विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट बनाउन लाग्ने छु । आगामी पाँच वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनामा मैले काम गर्छु, योजनाबद्ध रूपमा काम गर्छु”, सभापति थापाले भन्नुभयो ।

उहाँले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गर्नुभयो । “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ”, सभापति थापाले भन्नुभयो ।




भर्खरै