१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा बढ्दो हत्या–हिंसाप्रति राष्ट्रिय सभामा चिन्ताः दोषीलाई कडा कारबाही गर्न माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले मुलुकका विभिन्न स्थानमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले हालै जनकपुर र दैलेखमा भएका बीभत्स हत्याका घटनाहरूको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्नुभएको हो ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद विसीले २०८२ माघ २८ गते जनकपुरमा २३ वर्षीया अलिता खातुनको सलले घाँटी कसेर हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको बताउनु भयो । त्यसैगरी, दैलेख जिल्लाको दुल्लु क्याम्पस रोडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश खत्रीको उनकै साथीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति पनि उहाँले गम्भीर चासो व्यक्त गर्नुभएको छ । देशका विभिन्न भागबाट यस्ता दुःखद समाचारहरू निरन्तर आइरहेको भन्दै उहाँले शान्ति सुरक्षाको अवस्थाप्रति प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशका विभिन्न भागहरूमा हत्या–हिंसा बढ्दै गएको समाचारहरू आइरहेका छन्। यही २०८२ माघ २८ गते बुधवार जनकपुरमा २३ वर्षीया अलिता खातुनलाई सलले घाँटी कसेर हत्या गरेको आएको छ । यस्तै गरेर दैलेख जिल्ला दुल्लु क्याम्पस रोड साथीले धारिलो हतियार प्रयोग गरी १० कक्षामा अध्ययनरत प्रकाश खत्रीको हत्या भएको छ । र मृतकहरू प्रति म हार्दिक श्रद्धाञ्जली दिँदै यस्ता हत्याराहरूलाई यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिनका लागि म सरकारसँग माग गर्दछु ।’

सांसद विसीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती घटनाहरूको निष्पक्ष र यथार्थ छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले पीडित परिवारलाई न्याय दिलाउन र अपराधीलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभएको छ ।