५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्यः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्यः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
अ+ अ-

काठमाडौं: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमर्ला सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एक शताब्दीमै चार वटा ठूला क्रान्ति र आन्दोलन व्यहोरेको नेपालले अब थप संकट धान्न नसक्ने उल्लेख गर्दै उहाँले भावी पुस्ताका लागि शान्त र अनुशासित मुलुक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा भएका राजनीतिक उतारचढाव र त्यसले ठूलो प्रभाव पारेको बताउनु भयो ।

उहाँले राजनीतिक दल र नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । सञ्चारकर्मीहरूको भुमिकालाई उच्च प्राथमिकता दिँदै भण्डारीले समाचार संप्रेषणमा थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । सूचनाको विश्वसनीयता कायम राख्न ‘फ्याक्ट चेक’ (तथ्य जाँच) को महत्वबारे प्रकाश पार्दै उहाँले सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिने दाबी गर्नुभयो । सञ्चारकर्मीहरूलाई सक्षम बनाउन प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो यही शताब्दीमा हाम्रो मुलुकमा चारवटा क्रान्ति विद्रोह आन्दोलनहरू भए । एउटा मुलुकले यति धेरै एउटा शताब्दीमा क्रान्ति, विद्रोह, आन्दोलन र मुलुकै नष्ट हुने सम्मको क्रिया धान्न सक्दैन । हाललाई यो राजनीतिक विषय होला भोलि राजनीतिबाट चुनिएर आउने व्यक्तित्वहरूले यसको व्याख्या गर्नुहोला । तर मैले निर्वाचनसँग कसरी जोडेँ भने त्यस्तो संकटबाट मुलुकलाई मुक्त गर्ने प्रयोजनको लागि तपाईँ हामी छलफल करना बसिराखेका छौँ । अब आइन्दा यस्तो विषय अर्थात मुलुक अनुशासन र लयबाट भड्किने र सधैँ विद्रोह हुने कहिले पनि नेपालीले देख्न नपरोस् र हाम्रो पुस्तौँपुस्ताले चाहिँ शान्ति, अमनचयन कायम रहेको मुलुकमा एउटा सच्चा नागरिकको हैसियतले बाँच्न पाउनुहोस् भन्ने हामीले शुभकामना पनि दिन सकौँ । र धेरै आलोचना मात्रै गरेर भएन, सम्मान पनि गर्न सिक्नुप-यो । त्यसैले मैले अन्तिममा पुनः दोहो-याएर भन्छु यहाँहरू सत्य समाचार, तथ्य समाचार त्यसलाई अझ विश्लेषण गरेर त्यसलाई फ्याक्ट चेक गरेर समाचार संप्रेषण गराउने सन्दर्भमा सबै सञ्चारकर्मी मित्रहरूलाई एकदम सक्षम बनाउनुहुने हुनेछ र प्रशिक्षण प्रशिक्षित गराउन सक्नुहुनेछ भन्ने विश्वास छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकलाई अनुशासन र लयमा फर्काउनुपर्ने आवश्यकता औंल्याउनु भयो । आगामी पुस्ताले सधैँ आन्दोलन र विद्रोह मात्र देख्नुपर्ने अवस्थाको अन्त्य गरी शान्ति र अमनचयन कायम भएको मुलुकमा गौरवशाली नागरिकका रूपमा बाँच्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले आलोचना मात्र गर्ने प्रवृत्तिको सट्टा सकारात्मक कार्यको सम्मान गर्ने संस्कार विकास गर्न सबैलाई आह्वान गर्नुभयो । –न्युज एजेन्सी नेपाल