१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

शिव मूर्ति बनाउन महायज्ञ

शिव मूर्ति बनाउन महायज्ञ
अ अ+ अ-

पोखरा । धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित आठ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पुर्याउने उदेश्यका साथ महायज्ञ शुरु गरिएको हो ।

सुनका आँखा, गलामा टलक्क टल्किएको चाँदीबाट निर्मित नागको माला, दायाँ हातमा ओमकार र बायाँ हातमा त्रिशूलसहित अष्टधातुको मूर्तिको मुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालयलगायतका संरचना निर्माण गर्न लागिएको बताइएको छ । त्यस्तै परिसरमा यात्रु विश्रामगृह, बाल उद्यान, नारायणी नदी किनारामा पैदलमार्गसँगै रमणीय बाँदर उद्यानसहित आकर्षक संरचना निर्माण गरिने देवघाट संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु आठ करोड बढी खर्च हुने अनुमान गरिएको उक्त शिव मूर्तिसहितका संरचना निर्माणका लागि यसअघि विभिन्न स्थलमा आयोजना गरिएका महायज्ञबाट ८४ क्विन्टल धातुलगायत रु ३३ लाख सहयोग सङ्कलन भइसकेको छ । कूल १४ हजार किलोग्राम धातु खर्च गरिने सो मूर्ति निर्माणका लागि ९० प्रतिशत पित्तलसहित पाँच तोला सुन, दुई किलोग्राम चाँदी र बाँकी अन्य धातु प्रयोग हुने छ ।

अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि कूल २३० थान डाइ लाग्नेमा हालसम्म १०० थान तयारी भइसकेका र बाँकी १३० थान तयारको चरणमा छन् । भूमिगत पूजा र सङ्ग्रहालय कोठा निर्माणका लागि रु एक करोड ५० लाख, यात्रु विश्रामगृह रु दुई करोड २५ लाख, रमणीय उद्यान र धाराका लागि रु एक करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।

धातुलाई तरल बनाएर डाइमा भर्ने कार्यका लागि रु एक करोड ७० लाख, फ्रेम तयार गर्न रु ८० लाख खर्च हुने प्रतिष्ठानको अनुमान छ । आगामी कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी ज्याला मात्र रु एक करोड २५ लाखमा सेन्चुरी मूर्तिकला उद्योगसँग ठेक्का सम्झौता भइसकेको महासचिव मदनराज मिश्रले जानकारी दिनुभयो ।

कूल ४६ कठ्ठा क्षेत्रफलको जग्गामा सो योजनाका लागि वाग्मती प्रदेश सरकारको रु ५० लाख सहयोग प्राप्त भएको जानकारी दिंदै उहाँले सो स्थानमा देवघाट क्षेत्र विकास समितिद्वारा रु दुई करोड ५० लाख लागतमा स्नानघाट निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

समुद्री सतहबाट २५० मिटरको उचाइमा रहेको देवघाटधाममा निर्माण गरिने अष्टघातुसहितको शिव मूति मात्र रु चार करोड ४० लाख २५ लागतमा निर्माण गरिने अनुमान गरिएको उहाँले बताउनुभयो । सो मूर्ति नेपाली कलाकार तिलवीर सेन्चुरी र युवराज लामिछानेले निर्माण गर्दै हुनुहुन्छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक, आध्यात्मिक, पौराणिक महत्व बोकेको देवघाटधामा अष्टधातुको शिव मूर्तिसहित विभिन्न भौतिक संरचना निर्माणपश्चात सो क्षेत्र आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास लिइएको छ ।

महासचिव मिश्रले प्रत्येक घरमा रहेको अष्टधातुका टुक्रा दान गरेर पुण्य प्राप्त गर्न भक्तजनलाई अपिल गर्नुभएको छ । महायज्ञमा रु पाँच लाख दान गर्ने दातालाई संस्थापक सदस्य एवं संरक्षक र रु एक लाख दान गर्ने दातालाई संस्थापक सदस्य हुने प्रतिष्ठानले व्यवस्था गरेको जानकारी दिँदै उहाँले सङ्कलित धातुलाई प्रशोधन गरी शिव मूर्ति निर्माण गरिने लक्ष्य रहेको बताउनुभयो । प्रतिव्यक्ति रु पाँच हजार आजीवन सदस्य शुल्क राखिएको सो प्रतिष्ठानमा हालसम्म ६५८ सदस्य आबद्ध हुनुभएको छ ।

मूर्ति निर्माणार्थ पोखरा महानगरपालिका–९ एयरपोर्टको उपल्लो प्रवेशद्वारसँगै सडक किनारामा प्रतिष्ठानको आयोजना एवं नागढुङ्गा आमा समूह एवं एयरपोर्ट टोल विकास संस्थाको व्यवस्थापनमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । यही पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञको आज चौथो दिनसम्म १८ किलो धातुसहित रु तीन लाख ५० हजार नगद सङ्कलन भएको नागढुङ्गा आमा समूहका अध्यक्ष लक्ष्मी गिरीले जानकारी दिनुभयो ।

महायज्ञमा पण्डित बालकृष्ण अर्यालको प्रमुख बाचकत्वमा शिव महिमासहित शिव र पार्वतीको सचित्र नृत्य प्रस्तुत गरिएको एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले जानकारी दिनुभयो । प्राकृतिक सभ्यता र संस्कृति बोकेको कालीगण्डकीसहित विभिन्न सात नदीको सङ्गमस्थल ऋषिमुनिको तपोभूमिका रुपमा परिचित देवघाटधामका बारेमा स्कन्दपुराण, हिमवत्खण्ड, बराहपुराण एवं पद्यपुराणमा महत्वका साथ व्याख्या गरिएको छ ।