३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यस्ता अभिभावकको बच्चामा हुनसक्छ मानसिक समस्या

यस्ता अभिभावकको बच्चामा हुनसक्छ मानसिक समस्या
अ+ अ-

काठमाडौं । सामान्यतया गर्भावस्थाको क्रममा महिलाहरुलाई लामो समयदेखि धुमपानको खतराको चेतावनी दिइन्छ । उनीहरुलाई धुमपान गरेमा पेटमा रहेको बच्चालाई असर गर्छ भनेर धुमपान नगर्न सल्लाह दिइन्छ । तर, यस्तो सल्लाह पुरुषहरुलाई भने दिइँदैन । बच्चाको पिताले धुपमान गरेपनि कुनै समस्या नहुने आम धारणा छ ।

तर हालै गरिएको एक अध्ययन अनुसार बच्चाको पुरुषहरु पनि लामो समयसम्म निकोटिनको सम्पर्कमा आउनाले उनीहरुको बच्चा र नातिनातिनीहरुमा वंशाणुगत गडबडी हुन सक्छ । मुसामा गरिएको एक अध्ययनबाट वैज्ञानिकहरुले यो निश्कर्ष निकालेका हुन् । उक्त अध्ययनमा यो तथ्य पनि पत्ता लाग्यो कि निकोटिन लिनाले पुरुषको व्यवहार सामान्य नै हुन्छ तर, उसको छोराछोरी वा नातिनातिनीमा त्यसको कारण हाइपरएक्टिभिटी, एटेन्सन् डेफिसिटी र कग्निटिभ इनफ्लेस्किभिटी जस्ता वंशाणुगत गडबडी हुन सक्छ ।

अध्ययनमा संलग्न अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक प्रदिप भिडेका अनुसार डाक्टरले पुरुषलाई उनीहरुको धुमपान गर्ने बानीको कारण पछि जन्मने बच्चाहरुमा नोक्सान हुन्छ भनेर चेतावनी दिँदैनन् । ‘यो नोक्सान त्यतिखेर पनि हुन्छ जब बच्चाको आमाले धुमपान गर्दैनन् । हाम्रो अध्ययनले यसलाई अगाडि ल्याएको छ’, भिडे भन्छन्, ‘हाम्रो तथ्याङ्कबाट थाहा हुन्छ अहिलेको पुस्ताको बच्चा र वयष्कमा यस्तो वंशाणुगत समस्या देखिनुको कारण एक दुई पिँढी पहिलेका पुरुषहरुले धेरै निकोटिन लिनाले हुन सक्छ ।’

के हो एटेन्सन डिफिसिट ?

एटेन्सन् डिफिसिट जसलाई एडीएचडी पनि भनिन्छ यो मस्तिस्क सम्बन्धी समस्या हो जुन बच्चा र वयस्क दुवैलाई हुन सक्छ । एक शोधको अनुसार २० मा १ व्यक्ति यो समस्याको शिकार भएका छन् । विशेषगरि बच्चामा यो रोग हुने सम्भावना अत्याधिक धेरै हुन्छ । यो समस्या भएको व्यक्तिको व्यवहारमा केही अनौठो परिवर्तन आउँछ र स्मरणशक्ति पनि कमजोर हुन्छ ।

यदि अर्को शब्दमा भन्ने हो भने एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भन्नाले कुनै चीजमा ध्यान केन्द्रित गर्ने क्षमतालाई ठिक ढंगले प्रयोग गर्न नपाउनु हो । वास्तवमा यो समस्या केही रसायनको प्रयोगले दिमागको कमजोरीको कारण पैदा हुन्छ ।

एटेन्सन डिफिसिटको कारण के हो ?

एडीएचडीको निश्चित कारणहरुको बारेमा अहिलेसम्म सटीक जानकारी मिल्न सकेको छैन तर, त्यसको कैयौं कारणहरुको अनुमान लगाउन सकिन्छ । जस्तैः अनुवांशिक कारण, शरीरमा हार्मोनल असन्तुलनको कारण, चिनी र प्रशोधित खानेकुराको धेरै सेवन, समयभन्दा पहिले जन्म हुने र टाउकोमा गम्भिर चोट आदी रहेका छन् ।

एटेन्सन डिफिसिटको उपचार के हो ?

यदि शिक्षकले तपाईंको बच्चालाई पढ्न असजिलो हुन्छ, उसको व्यवहार अन्य बच्चा भन्दा फरक छ र ध्यान दिनमा उसलाई गाह्रो छ भने विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । बच्चामा एडिएचडीको समस्या देखिनु सामान्य कुरा होइन त्यसैले एडिएचडीको लक्षण देखिएमा आमाबुबाले तुरुन्त मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चामा यो समस्या टाढा गर्नको लागि मेडिसिनल ट्रिटमेन्ट दिन सकिन्छ यसलाई ठिक गर्नको लागि कैयौं खालको थेरापीको प्रयोग गरिन्छ । जस्तैः साइकोथेरापी, बिहेवियरल थेरापी, डान्स थेरापी र प्ले थेरापी आदी । यस्तै वयस्क मानिसमा एडिएचडीको लक्षण देखिएमा मनोचिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।