३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता अभिभावकको बच्चामा हुनसक्छ मानसिक समस्या



अ+ अ-

काठमाडौं । सामान्यतया गर्भावस्थाको क्रममा महिलाहरुलाई लामो समयदेखि धुमपानको खतराको चेतावनी दिइन्छ । उनीहरुलाई धुमपान गरेमा पेटमा रहेको बच्चालाई असर गर्छ भनेर धुमपान नगर्न सल्लाह दिइन्छ । तर, यस्तो सल्लाह पुरुषहरुलाई भने दिइँदैन । बच्चाको पिताले धुपमान गरेपनि कुनै समस्या नहुने आम धारणा छ ।

तर हालै गरिएको एक अध्ययन अनुसार बच्चाको पुरुषहरु पनि लामो समयसम्म निकोटिनको सम्पर्कमा आउनाले उनीहरुको बच्चा र नातिनातिनीहरुमा वंशाणुगत गडबडी हुन सक्छ । मुसामा गरिएको एक अध्ययनबाट वैज्ञानिकहरुले यो निश्कर्ष निकालेका हुन् । उक्त अध्ययनमा यो तथ्य पनि पत्ता लाग्यो कि निकोटिन लिनाले पुरुषको व्यवहार सामान्य नै हुन्छ तर, उसको छोराछोरी वा नातिनातिनीमा त्यसको कारण हाइपरएक्टिभिटी, एटेन्सन् डेफिसिटी र कग्निटिभ इनफ्लेस्किभिटी जस्ता वंशाणुगत गडबडी हुन सक्छ ।

अध्ययनमा संलग्न अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका प्राध्यापक प्रदिप भिडेका अनुसार डाक्टरले पुरुषलाई उनीहरुको धुमपान गर्ने बानीको कारण पछि जन्मने बच्चाहरुमा नोक्सान हुन्छ भनेर चेतावनी दिँदैनन् । ‘यो नोक्सान त्यतिखेर पनि हुन्छ जब बच्चाको आमाले धुमपान गर्दैनन् । हाम्रो अध्ययनले यसलाई अगाडि ल्याएको छ’, भिडे भन्छन्, ‘हाम्रो तथ्याङ्कबाट थाहा हुन्छ अहिलेको पुस्ताको बच्चा र वयष्कमा यस्तो वंशाणुगत समस्या देखिनुको कारण एक दुई पिँढी पहिलेका पुरुषहरुले धेरै निकोटिन लिनाले हुन सक्छ ।’

के हो एटेन्सन डिफिसिट ?

एटेन्सन् डिफिसिट जसलाई एडीएचडी पनि भनिन्छ यो मस्तिस्क सम्बन्धी समस्या हो जुन बच्चा र वयस्क दुवैलाई हुन सक्छ । एक शोधको अनुसार २० मा १ व्यक्ति यो समस्याको शिकार भएका छन् । विशेषगरि बच्चामा यो रोग हुने सम्भावना अत्याधिक धेरै हुन्छ । यो समस्या भएको व्यक्तिको व्यवहारमा केही अनौठो परिवर्तन आउँछ र स्मरणशक्ति पनि कमजोर हुन्छ ।

यदि अर्को शब्दमा भन्ने हो भने एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भन्नाले कुनै चीजमा ध्यान केन्द्रित गर्ने क्षमतालाई ठिक ढंगले प्रयोग गर्न नपाउनु हो । वास्तवमा यो समस्या केही रसायनको प्रयोगले दिमागको कमजोरीको कारण पैदा हुन्छ ।

एटेन्सन डिफिसिटको कारण के हो ?

एडीएचडीको निश्चित कारणहरुको बारेमा अहिलेसम्म सटीक जानकारी मिल्न सकेको छैन तर, त्यसको कैयौं कारणहरुको अनुमान लगाउन सकिन्छ । जस्तैः अनुवांशिक कारण, शरीरमा हार्मोनल असन्तुलनको कारण, चिनी र प्रशोधित खानेकुराको धेरै सेवन, समयभन्दा पहिले जन्म हुने र टाउकोमा गम्भिर चोट आदी रहेका छन् ।

एटेन्सन डिफिसिटको उपचार के हो ?

यदि शिक्षकले तपाईंको बच्चालाई पढ्न असजिलो हुन्छ, उसको व्यवहार अन्य बच्चा भन्दा फरक छ र ध्यान दिनमा उसलाई गाह्रो छ भने विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । बच्चामा एडिएचडीको समस्या देखिनु सामान्य कुरा होइन त्यसैले एडिएचडीको लक्षण देखिएमा आमाबुबाले तुरुन्त मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चामा यो समस्या टाढा गर्नको लागि मेडिसिनल ट्रिटमेन्ट दिन सकिन्छ यसलाई ठिक गर्नको लागि कैयौं खालको थेरापीको प्रयोग गरिन्छ । जस्तैः साइकोथेरापी, बिहेवियरल थेरापी, डान्स थेरापी र प्ले थेरापी आदी । यस्तै वयस्क मानिसमा एडिएचडीको लक्षण देखिएमा मनोचिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।