१५ असार २०८३, सोमबार
,
Latest
महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट



अ+ अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिमण्डलले भेट गरेका छन् ।

सो समारोहमा सहभागी हुन आउनुभएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्गेल तथा माल्दिभ्सका यासिर मोहम्मदको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलले आज जङ्गी अड्डामा शिष्टाचार भेट गरेको हो ।

भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त टोलीले आगामी फागुन ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रमको अवलोकन गर्नेछ । त्यसैगरी भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यसप्रकारको कार्यक्रमबाट विभिन्न राष्ट्रका छात्रछात्राबीच एक अर्को राष्ट्रका कला, भाषा र संस्कृतिलगायत अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्राप्त हुने सेनाको विश्वास छ । रासस