२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हेलिकप्टरबाट उद्धार



अ+ अ-

हुम्ला। हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बुधबार जिल्ला अस्पताल सिमकोट पु¥याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान ८ बजे गोठी स्वास्थ्य चौकीमा पु¥याइएको थियो । स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाइएकोमा सोही दिन बेलुका ५ बजे अस्पताल पु¥याइएको हो ।

विकको पेटमा पानी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो । यसका लागि स्वास्थ्य चौर्की सर्केगार्ड गाउँँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । रासस