१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

चाडै नेपालमा रेल आउन्छ, ढुक्क हुनुहोस् : मन्त्री नेम्वाङ

चाडै नेपालमा रेल आउन्छ, ढुक्क हुनुहोस् : मन्त्री नेम्वाङ
अ अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताउनुभएको हो । ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उहाँले बताउनुभयो । जी टु जी माध्यमबाट रेल खरिद गरिने छ । २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ । रेलको बाटो निर्माण भएको देखिन्छ । रेल एने आइसकेको छ’, उहाँले भन्नुभयो ।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहरु गरिरहेको उहाँले बताउनुभएको छ । खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उहाँले बताउनुभयो । संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उहाँले बताउनुभयो ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताउनुभयो । दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरु बनाउने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावि डोजर किनेर जथाभावि सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरुले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको आग्रह छ । स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिन बाट बच्ने उहाँको भनाई थियो ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्ध् िदिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो ।