९ भाद्र २०८३, मंगलवार
,
Latest
वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ असोज २२ गते आफूलाई “Extremist Group of Nepal (EGN)” को अध्यक्ष बताउँदै इमेलमार्फत अख्तियार प्रमुखसहित अन्य व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिई आपराधिक लाभ (एक्स्टोर्सन) लिन खोजिएको थियो। उक्त घटनापछि अनुसन्धान अघि बढाइएको थियो।

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको समन्वयमा NCB Manila, Philippines सँगको सहकार्यमा पक्राउ गरी २०८२ माघ २९ गते काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले संगठित अपराध निवारण ऐन, २०७० लगायतका कानुनअन्तर्गत अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। साथै सार्वजनिक अपराध, विद्युतीय अपराध तथा आपराधिक लाभसम्बन्धी कसुरमा ६ वटा मुद्दा दर्ता गरिएको जनाइएको छ।

प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




भर्खरै