२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपः आसाम फाइनलमा



अ+ अ-

झापा। भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसाम प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लब डडेल्धुरालाई दुई विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसका लागि दीपक बोहोराले ३१ बलमा ४० रन बनाए भने आशीष लुहारले २७ रन बनाए ।

डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिए । साथै तपनकुमार शर्मा र प्राञ्जल भारालीले समान २–२ तथा निहार डेका र निबिर डेकाले १–१ विकेट लिए ।

जवाफमा आसामको सुरुआत पनि राम्रो हुन सकेन । १२ रन छँदा चार विकेट गुमाएको आसामले अन्तिम ओभरमा मात्र जीत हासिल गर्यो । आसामले १९.२ ओभरमा आठ विकेट क्षतिमा ९५ रनको लक्ष्य पूरा ग¥यो ।

आसामका लागि गोकुल शर्मा र स्वस्तिक क्षेत्रीले समान ३२ रनको योगदान दिए । डडेल्धुराका लागि अजय चौहानले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए । बलिङ र ब्याटिङ, दुवैमा चम्किएका गोकुल शर्मा प्लेयर अफ द म्याच भए । उनले नगद रु ११ हजारसहित ट्रफी प्राप्त गरे ।

बिहीबार आयोजक भद्रपुर क्रिकेट क्लब र आसामबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले रु पाँच लाखसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले रु तीन लाखसहित शिल्ड प्राप्त गर्ने प्रतियोगिताका संयोजक गौरब सुब्बाले जानकारी दिनुभयो ।  रासस