११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख

अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख
फाइल फोटो
अ अ+ अ-

जनकपुरधाम। मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको अभिायानमा लागेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्ने बताउनुभएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकात्सवको अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले संवैधानिक निकाय सत्यको रक्षाका लागि सदैव प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख डा कर्णले यस आयोगले भष्ट्राचार नियन्त्रणमा खेलिरहको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्दै न्याय सम्पादन गर्दा दोषी छुट्नुहुँदैन तथा निर्दोष व्यक्ति फसाउने तथा कारबाहीमा पार्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भष्ट्राचारको समस्या नेपालको मात्र नभइ विश्वको समस्या तथा चुनौती भएको उदाहरण दिँदै यस आयोगले देशमा सुशासन कायम गर्न तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि चेतना वृद्धि गर्नुपर्ने बताउनुभयो ।

सरकारी निकायमा सेवाग्राही तथा कर्मचारीबीच टेबुलमुनिको लेनदेन बन्द गर्नुपर्ने, विचौलीयालाई कारबाही गर्नुपर्ने तथा नैतिकता, सदाचार, जवाफदेहिता र स्वच्छ नियतले सबैले कार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा मधेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवले प्रदेश सरकारका सचिवहरूले अख्तियारमा फस्ने डर तथा त्रासले विकास निर्माणका योजना कार्यान्वयनबाट पन्छिने गरेको बताउनुभयो । साथै उहाँले प्रदेश सचिवहरू काम गर्न नचाहेकाले जनता अधिकार तथा विकासबाट बञ्चित हुनुपरेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फितलो अनुसन्धान तथा छानबिनका कारण सो आयोगले दायर गरेको मुद्दामध्ये धेरै मुद्दामा हारेकाले अनुन्सधान प्रक्रिया प्रभावकारी बनाउनुपर्ने सरोकारलालाई आग्रह गर्नुभयो । अख्तियारले मुद्दा दायर गरेको बख्त निलम्बनमा परेकाले मुद्दा जितेको अवस्थामा निलम्बनको समयको सेवा सुविधा दिन नहुने विचार व्याक्त गर्नुभयो ।

त्यस्तै मधेस–प्रदेशका सभामुख रामआशिष यादवले अख्तियार दुरूपयोग अनसन्धान आयोगको कार्यशैलीमा सुधार गरी जनविश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानले प्रदेशको शासन प्रशासन प्रदेश सरकारको मातहतमा रहनुपर्ने जनाए पनि व्यवहारमा नआएको उल्लेख गर्दे न्याय सम्पादन समयमा हुनुपर्ने तथा सही काम गर्नेलाई दुःख नदिन आग्रह गर्नुभयो ।

सोही अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा तथा चरित्र निमार्णका अध्ययन अध्ययापन गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

जनकपुर उच्च अदालतका मुख्य न्यायधीश टेकनारायण कुँवरले मधेस प्रदेशको भष्ट्राचारसम्बन्धी मुद्दा विशेष अदालतमा अत्यधिक रहेको जानकारी दिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामलाई अझै निष्पक्ष तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेल तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सरकारको एक्लो प्रयासबाट भष्ट्राचार नियन्त्रण सम्भव नभएकाले यस कार्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईले मधेस प्रदेशमा पटक–पटक जथाभावी कर्मचारी सरुवाले सेवा प्रवाहमा समस्या रहेकाले तोकिएको समयमा मात्रै कर्मचारी तथा कार्यालय प्रमुखलाई सरुवा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस