२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ



अ+ अ-

जेरुसेलम। इजरायली कब्जा बल ९आइओएफ० ले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्र बाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।

वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतहरूले अल–खलिलमा १० जना प्यालेस्टिनीहरूलाई पक्राउ गर्नुका साथै धेरै घरहरूमा छापा मारेको रिपोर्ट गरेको छ ।

आइओएफले बेथलेहेममा चार प्यालेस्टिनी, नब्लसको गवर्नरेटमा पाँच र उत्तरी रामल्लामा अन्य तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

उत्तरपूर्वमा कब्जा गरिएको जेरुसेलमा आईओएफले एक जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको जनाइएको छ ।

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफद्वारा दैनिक छापा र आक्रमणहरू भई रहेको जनाइएको छ भने प्रायः द्वन्द्व, गिरफ्तारी, र जीवित र रबरको गोलीको साथसाथै युवा प्यालेस्टिनीहरूमा अश्रु ग्याँस पनि प्रहार गरेको जनाइएको छ ।  (रासस/क्यूएनए)