११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि

हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्‍याफ्टिङ र कायाकिङ महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी दिइयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका शृङ्खलामा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिनुभयो । “सगरमाथा र हिमाललाई मात्र होइन, र्‍याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेछ”, ऐरले भन्नुभयो, “यसका लागि हाम्रा नदीहरुको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।”

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत् आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताउनुभयो । उहाँले सरकारले जलविद्युत् आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्‍याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज र महोत्सव केबल प्रतियोगिता मात्र नभएर नेपालको ५०औँ जलयात्रा इतिहासको उत्सव भएको बताउनुभयो ।

महोत्सवअन्तर्गत कायाकिङतर्फ दुई र र्‍याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन १०० भन्दाबढी कायकरबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरणमा खेल खेलाइनेछ । साथै तेस्रो दिन ¥याफ्ट सेसन सञ्चालन हुनेछ । कार्यक्रममा र्‍याफ्टिङको व्यावसायिक सुरुआत गर्ने हिमालयन रिभर एक्सप्लोरेशनका संस्थापकलाई विशेष सम्मान गरिनेसमेत आयोजकले जनाएको छ ।

नेपालमा र्‍याफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोसीमा गरेको जलयात्रा महत्वपूर्ण कोशेढुङ्गा बनेका थिए ।

सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक र्‍याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो । नाराको स्थापना विसं २०४६ मा स्थापना भएको हो । रासस