२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभामा थारु आयोगको प्रतिवेदन पेस



अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आज बसेको बैठकमा थारु आयोग, नेपालको सातौँ वर्षिक प्रतिवेदन, २०८१/८२ सभामा पेस भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पेस गर्नुभएको सो प्रतिवेदन सभाले स्वीकृति गरेको छ । स्वीकृत प्रतिवेदनलाई सभामुख अम्बरबहादुर विष्टले सामाजिक विकास समितिमा पठाउने घोषणा गर्नुभएको थियो ।

विशेष समय

विशेष समयमा नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री केदार कार्की र नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका तर्फबाट सपना दर्जीले सरकारलाई जनताको भावनाअनुसार काम गर्न सुझाव दिनुभएको थियो । उहाँहरूले सडक सदनभन्दा पनि बलियो भएकाले सरकारले सडकको आवाज सुन्नुपर्ने धारणा राख्नुभएको थियो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १३३ बमोजिम विषयगत समितिका सदस्यहरू मनोनय भएको सभामुख विष्टले जानकारी दिनुभएको थियो ।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य मीन श्रेष्ठ, सिर्जना राई, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत र सुनिताकुमारी गच्छदार चौधरीले विविध विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । अर्को बैठक फागुन १ गते दिउँसो १ बजे बस्नेछ । रासस