• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एमसीसी बाँदरको घाउ : साँसद अधिकारी



गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले एम.सी.सी.(मिलेनियम च्यालेन्ज कोअपरेसन) लाई बाँदरको घाउको संज्ञा दिएका छन् । यस बारेमा सँसदमा कुनै जानकारी छैन । “बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ , यसलाई जति चलायो त्यति फैलदै जान्छ , उनले भने ” । देशको विकास न्यायिक र न्यायपूर्ण हुनुपर्ने उनले बताए ।

जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले मंगलबार सो कुरा बताएका हुन । संघीय संसदमा सभामुखको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी भईरहेका बेला नेकपा संगठन विभागका सदस्य समेत रहेका नेता अधिकारीले भने “प्रतिनिधि सभाको सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुन्छ अन्य पार्टीको हुँदैन । सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाईरहनु पर्दैन । ”

स्थानीय तहमा भ्रष्टचार भयो भनेर संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको तर्फ इंगित गर्दै यस्ता षड्यन्त्रहरुलाई पर्दाफास गर्नुपर्ने बताए । संघीय राज्य प्रणाली स्थापनासँगै देश र जनताले नयाँ अनुभूति गरेको उनको भनाई छ । निम्न स्तरका ग्रामिण क्षेत्र र त्यहाँका जनताका जनजीवन सहज बन्न नदिन स्थानीय तहमा भ्रष्टचार भयो भनेर कराउन षडयन्त्रकारीहरु लागेको अधिकारीले बताए ।

बुढीगण्डकीको मुअब्जाका कुराहरु टुङ्गिएको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जाने अधिकारीले स्पष्ट गरेका छन् । राजनीति विन कुनै पनि कुरा अस्तित्वमा नरहने बताउँदै कसैलाई पनि राजनीतिबाट विमुख गराउन नहुने उनको भनाई थियो । जीवनपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै अव शिक्षामा गरिने लगानीलाई प्राविधिक धारतर्फ जोडबल गरिने उनले बताए । सरस्वति मा.वि. बोर्लाङ पश्चिमाञ्चल विकास क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा रहँदै आएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।