४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

एमसीसी बाँदरको घाउ : साँसद अधिकारी

एमसीसी बाँदरको घाउ : साँसद अधिकारी
अ+ अ-

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले एम.सी.सी.(मिलेनियम च्यालेन्ज कोअपरेसन) लाई बाँदरको घाउको संज्ञा दिएका छन् । यस बारेमा सँसदमा कुनै जानकारी छैन । “बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ , यसलाई जति चलायो त्यति फैलदै जान्छ , उनले भने ” । देशको विकास न्यायिक र न्यायपूर्ण हुनुपर्ने उनले बताए ।

जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले मंगलबार सो कुरा बताएका हुन । संघीय संसदमा सभामुखको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी भईरहेका बेला नेकपा संगठन विभागका सदस्य समेत रहेका नेता अधिकारीले भने “प्रतिनिधि सभाको सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुन्छ अन्य पार्टीको हुँदैन । सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाईरहनु पर्दैन । ”

स्थानीय तहमा भ्रष्टचार भयो भनेर संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको तर्फ इंगित गर्दै यस्ता षड्यन्त्रहरुलाई पर्दाफास गर्नुपर्ने बताए । संघीय राज्य प्रणाली स्थापनासँगै देश र जनताले नयाँ अनुभूति गरेको उनको भनाई छ । निम्न स्तरका ग्रामिण क्षेत्र र त्यहाँका जनताका जनजीवन सहज बन्न नदिन स्थानीय तहमा भ्रष्टचार भयो भनेर कराउन षडयन्त्रकारीहरु लागेको अधिकारीले बताए ।

बुढीगण्डकीको मुअब्जाका कुराहरु टुङ्गिएको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जाने अधिकारीले स्पष्ट गरेका छन् । राजनीति विन कुनै पनि कुरा अस्तित्वमा नरहने बताउँदै कसैलाई पनि राजनीतिबाट विमुख गराउन नहुने उनको भनाई थियो । जीवनपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै अव शिक्षामा गरिने लगानीलाई प्राविधिक धारतर्फ जोडबल गरिने उनले बताए । सरस्वति मा.वि. बोर्लाङ पश्चिमाञ्चल विकास क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा रहँदै आएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।