२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन



अ+ अ-

काठमाडौँ। पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन गरिएको  छ ।

तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रुपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रुपमा सुरु गरिएको हो । महायज्ञमा ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने कार्यक्रम बनाइएका आजसम्म करिब ५५ लाख पटक साधना सम्पन्न गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताउनुुभयो ।

नेपाल राष्ट्रको शान्ति समृद्धि र जनकल्याणका लागि विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ गरिएको उहाँले बताउनुभयो । यसअन्तर्गत आज भगवती मातङ्गीको लक्षार्चन अनुष्ठान (हवन) सहित श्रीविद्याकी अधिष्ठात्री ललिता  महात्रिपुरसुन्दरीको अर्चना (पाठ जप पुजन) भएको छ ।

सबै कार्यको श्री विद्यादेशिक प्रवर परमपुज्य गुरूदेव श्री महेश चैतन्य ब्रहमचारीको सत्सङ्कल्प र दिव्य निर्देशनमा महायज्ञ भइरहेको हो । उहाँ श्री विद्या तत्व  अनुसन्धान आश्रम, हरिद्वार तथा दिल्लीका प्रमुख पनि हुनुहुन्छ । यस्ता महायज्ञले पशुपति क्षेत्रको महत्वलाई विश्वभर फैलाउन सकिन्छ । रासस




भर्खरै