११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह

विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह
अ अ+ अ-

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु रहेको बताउदै उनले भ्रष्टाचारी, लुटेराहरुलाई कारवाही गर्नका लागि राम्रा मान्छेहरु एकीकृत हुन आवश्यक रहेको उनले बताए ।

रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा आज चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरु छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु छन् ।

भ्रष्टाचारी, लुटेरालाई कारवाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरु एकजुट हुन आवश्यक छ । हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यक्ता हो ।’

राम्रा मान्छेहरु एकठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।

‘यो निर्वाचन असली र नक्कलीबीचको लडाई पनि हो । यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई हो । त्यसैले राम्रा मान्छे एकीकृत हुँदै समाजविरोध, मुलुक विरोधलाई यो निर्वाचनमा हामीले परास्त गर्नैपर्ने हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।

जुगौलियाको भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ व्यक्तिहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार लालबाबु मन्सुरीले जनाएका छन् ।

ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिलअख्तर लगायतका दर्जनौं व्यक्तिहरुलाई आजपा अध्यक्ष साहले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् । रासस