२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री



अ+ अ-

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो ।

यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे ।“रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ ।

आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ,” कार्यकारी निर्माता बस्नेतले भने, “विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नु चएको छ ।

‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।”कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए ।