१५ असार २०८३, सोमबार
,
Latest
पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान पुनरावलोकन र परिमार्जन गर्न प्रतिबद्ध छौँः संयोजक दाहाल



नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार आयोजित कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिबद्बता पत्र सार्वजनिकीकरणपछि मन्तव्य राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीको तर्फबाट ‘सङ्क्षिप्त घोषणापत्र’ सार्वजनिक गर्दै उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताउनुभयो ।

“संविधान जारी भएको १० वर्ष पूरा भएको छ । संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ । प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ”, संयोजक दाहालले भन्नुभयो, “यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ ।”

उहाँले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । “आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ”, संयोजक दाहालले भन्नुभयो ।

प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एक लाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ ।

यस्तै, धान, दूध, मासु, तरकारीलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने, आगामी दशकलाई कृषि लगानी दशक घोषणा, सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन् । रासस