११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

बङ्गलादेश : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा
अ अ+ अ-

ढाका। बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने र देशभरका आधाभन्दा बढी मतदान केन्द्र हिंसाको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।

प्रहरी अभिलेखअनुसार डिसेम्बर ११ देखि फेब्रुअरी ९ सम्म चलेको चुनावी अभियानको अवधिमा भएका राजनीतिक झडपमा पाँच जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।

बिहीबार हुने मतदानको सुरक्षाका लागि एक लाख सैनिक र अन्य सुरक्षा बलको सहयोगमा एक लाख ५७ हजारभन्दा बढी प्रहरी अधिकारी तैनाथ गरिनेछ । सन् २०२४ मा शेख हसिनाको स्वेच्छाचारी सरकारविरुद्ध भएको सामूहिक विद्रोहपछि यो देशको पहिलो निर्वाचन हो ।

“हामीले आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा एक हजार प्रतिशत विश्वस्त छौँ”, प्रहरी महानिरीक्षक बहरुल आलमले मङ्गलबार ढाकामा पत्रकारहरूसँग भन्नुभयो ।

सत्र करोड जनसङ्ख्या भएको यो देश हसिनाविरुद्धको विद्रोहयता निरन्तर राजनीतिक उथलपुथलमा छ । उक्त विद्रोहका क्रममा प्रहरीले उहाँलाई सत्तामा टिकाइराख्न असफल प्रयास गर्दा कडा र घातक दमन गरिएको थियो ।

प्रहरीका अनुसार सम्भावित अशान्ति, हिंसा वा मतपत्र भराइमा अवरोधको जोखिमका कारण २४ हजारभन्दा बढी मतदान केन्द्रलाई उच्च जोखिम वा मध्यम जोखिमको श्रेणीमा राखिएको छ । यो सङ्ख्या देशभर रहेका करिब ४२ हजार मतदान केन्द्रको आधाभन्दा बढी हो ।

“केही मतदान केन्द्रहरू अत्यन्तै टाढाका स्थानमा छन् । त्यहाँ कडा प्रतिस्पर्धा छ र उम्मेदवार तथा उनीहरूका समर्थकहरूबीच गहिरो शत्रुता देखिन्छ”, आलमले भन्नुभयो । उहाँका अनुसार सन् २०२४ को अशान्तिका बेला लुटिएका एक हजार ३०० प्रहरी बन्दुक अझै बरामद हुन सकेका छैनन् ।

उहाँले उच्च जोखिम र मध्यम जोखिमका केन्द्रहरूमा प्रहरी अधिकारीहरूले पहिलो पटक शरीरमा लगाइने क्यामेरासहित गस्ती गर्ने जानकारी पनि दिनुभयो ।

मानवअधिकार सङ्गठन ऐन ओ सालिस केन्द्रका अनुसार सन् २०२४ को अगस्टदेखि सन् २०२५ को डिसेम्बरसम्म भएको राजनीतिक हिंसामा १५८ जनाको ज्यान गएको छ भने सात हजारभन्दा बढी घाइते भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल बङ्गलादेश (टिआइबी) ले राजनीतिक दलहरूले ‘भिड परिचालन’ गरेको र विभिन्न अवरोध खडा गरेको आरोप लगाउँदै देशको कानून–व्यवस्थाको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मतदान शान्तिपूर्ण बनाउन प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको आलमले बताउनुभयो । तर उहाँले प्रहरीप्रति जनविश्वास कमजोर रहेको स्वीकार गर्नुभएको छ ।

“मानिसहरूले प्रहरीलाई किन विश्वास गर्दैनन् भन्ने कुरा बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो, “विगत १५ वर्ष मात्र होइन, वास्तवमा विगत १५० वर्षदेखि हाम्रा पूर्ववर्तीहरूले धेरै पटक जनताको अपेक्षा पूरा गर्न सकेका छैनन् ।” (रासस/एएफपी)