५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

‘परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ’: ओली

‘परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ’: ओली
अ+ अ-

झापा: झापाको सुदूर दक्षिणमा अवस्थित गौरीगञ्जसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको साइनो आधा शताब्दीभन्दा पुरानो छ ।

२०२६ सालदेखि सङ्गठन विस्तारमा सक्रिय ओलीले गौरीगञ्जको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ को संज्ञा दिँदै यहाँका पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रश्तुत गर्नुभएको छ ।

उहाँले विकासलाई केवल बाटो र पुलमा मात्र सीमित नराखी शिक्षा र अन्धविश्वास विरुद्धको चेतनासँग जोडेर नयाँ बहसको शुरुवात गर्नुभएको छ ।

हुलाकी राजमार्गः विकासको मेरुदण्ड

सांसद र प्रतिपक्षमा रहँदा लेराको पुलका लागि मैले गरेको अथक मागलाई धेरैले जिस्क्याउने विषय बनाएका थिए । तर जब हामीले मेचीदेखि महाकालीसम्मको हुलाकी बाटोलाई हुलाकी राजमार्गका रूपमा विकास गर्ने संकल्प गर्यौँ, तब लेराको पुलको गीत गाइरहनु परेन, त्यो आफैँ बन्यो। अहिले कन्काई र कमलाका पुलहरूमा देखिएका केही प्राविधिक र इन्जिनियरिङ त्रुटिहरूलाई सुधार गर्दै पुनर्निर्माणको प्रक्रिया अघि बढेको छ। विकासका काममा ठेकेदार वा इन्जिनियरको कमजोरीले केही ढिलाइ भए पनि हामी काम पूरा गर्ने लक्ष्यमा दृढ छौँ ।

‘सेल्फी रोड’ देखि आधुनिक पुलसम्मको यात्रा

वि.सं. २०२६–२७ सालको गौरीगञ्ज र आजको गौरीगञ्जमा आकाश–पातालको फरक छ। आज यहाँका चिल्ला सडकहरू ‘सेल्फी रोड’ जस्तै सुन्दर बनेका छन् । देउरियाको पुरानो काठे पुल विस्थापित भई बम्बे चौडा जस्ता आधुनिक र पक्की पुलहरू निर्माण भएका छन् । पहिले यहाँ पक्की बाटो र पुलको परिकल्पना गर्नु पनि कठिन थियो तर आज ती यथार्थमा बदलिएका छन् ।

सञ्चार क्रान्ति र डिजिटल पहुँच

एउटा समय थियो जब गाविसले एक लाइन टेलिफोन पाउन निवेदन दिनुपथ्र्यो । आज त्यो अवस्था इतिहास बनेको छ । अहिले गौरीगञ्जका नागरिकको हात–हातमा मोबाइल र ४जी इन्टरनेट सेवा पुगेको छ । हामी यस्तो ठाउँमा पुगेका छौँ जहाँबाट संसारसँग जोडिन र विश्वको जानकारी लिन सम्भव भएको छ । विद्यालय, क्याम्पस भवनदेखि खानेपानीका ट्याङ्कीसम्मका पूर्वाधारले गाउँको मुहार फेरिएको छ ।

सामाजिक सुरक्षाः राज्यको अभिभावकत्व

वि.सं. २०५१ सालमा हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्तालाई ४ हजार पुर्याएर ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनको आधार दिएका छौँ। राज्यको ३७–३८ अर्ब रकम यस क्षेत्रमा खर्च भइरहेको छ । हामीले सडक बालबालिकामुक्त अभियान र पछाडि परेका समुदायको उत्थानका लागि ठोस प्रयासहरू जारी राखेका छौँ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता

देश बनाउन जात, थर वा गोत्रले होइन, विचार, दृष्टिकोण र योजनाले सम्भव हुन्छ । मधेसी र पहाडीबीचको कृत्रिम विभाजन हटाएर सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्छ । लहैलहै र फेसनका आधारमा होइन, सही पार्टी र नीतिका आधारमा देशलाई समृद्ध बनाउन सकिन्छ। विभाजनले होइन, एकताले मात्र देशको विकास सम्भव छ ।

गरिबी र संस्कृति बीचको भिन्नता

गुइँठा बाल्नु, जाडोमा न्यानो कपडा नहुनु वा फुसको छाप्रोमा बस्नु हाम्रो संस्कृति होइन, यो गरिबी र पछौटेपन हो । हामीले संस्कृति बचाउनुपर्छ तर गरिबी हटाउनुपर्छ । अब गुइँठाको साटो बिजुली र आफ्नै देशमा उत्पादन हुने ग्यास पाइपबाट घर–घर पु¥याउने दिशामा हामी अघि बढ्नुपर्छ। बयलगाडाको युग सकिएर अब चिल्ला सडकमा गाडी दौडिने समय आएको छ । संस्कृति बचाउनुपर्छ तर गरिबी र पछौटेपन हटाउनुपर्छ ।

अन्धविश्वास र सामाजिक कुरीति

हाम्रो समाजमा अझै पनि बोक्सी जस्ता अन्धविश्वास कायम रहनु दुःखद् छ । कोही पनि बोक्सी हुँदैन, यो केवल पछौटेपन र भ्रम मात्र हो । यस्ता कुप्रथालाई जरैदेखि उखेल्नुपर्छ । तन्त्र–मन्त्र र अन्धविश्वासमा अल्झिएर आजको आधुनिक समाज अगाडि बढ्न सक्दैन । मेरो विरुद्ध कसैले तन्त्र–मन्त्र गर्छ भने गरे हुन्छ, म डराउन्न ।

शिक्षाः विकासको बलियो आधार

छोराछोरीलाई अनिवार्य रूपमा शिक्षित बनाउनु नै गरिबी निवारणको सबैभन्दा प्रभावकारी अस्त्र हो। आजका बालबालिकालाई डाक्टर, इन्जिनियर र वकिल बनाउन सके १५–२० वर्षमा गरिबी स्वतः हट्छ। निःशुल्क पाठ्यपुस्तक, खाजा र विद्यालय भवनको व्यवस्था राज्यले गरिरहेको छ, अब अभिभावकहरूले छोराछोरीलाई विद्यालय पठाउने संकल्प गर्नुपर्छ ।

युवा र सचेत नागरिकको दायित्व

युवाहरूले भ्रमको पछाडि लाग्नु हुँदैन । गलत सङ्गतले मानिसलाई गलत ठाउँमा पु¥याउँछ । लागुपदार्थ र गाँजा जस्ता कुलतबाट युवा पुस्ता जोगिनुपर्छ । आफ्नो देशलाई सुन्दर र सम्पन्न बनाउन युवाहरूको भूमिका निर्णायक हुन्छ । अधिकारको सही प्रयोग (भोट) गरेर मात्र समृद्ध नेपालको जग बसाल्न सकिन्छ ।

समृद्धिको संकल्प

परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ । भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितलाई आवास निर्माणमा हामीले विश्वमै नमूना काम गरेका छौँ । नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्दा देशको शिर अन्तर्राष्ट्रिय स्तरमै उच्च भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा यहाँहरूको निरन्तर साथ रहनेछ भन्ने विश्वास लिएको छु । –न्युज एजेन्सी नेपाल