११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा

इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपः लखनउ र डडेल्धुरा सेमिफाइनलमा
अ अ+ अ-

झापा।  भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जितका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

सोमबार भएको पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न डडेल्धुराका अय्यर र युवराज खत्रीले समान दुई/दुई विकेट लिए । ब्याटिङमा पोखराका तर्फबाट दीपकप्रसाद डुम्रेले सर्वाधिक ३० रनको योगदान दिए ।

जवाफमा डडेल्धुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै तीन विकेट क्षतिमा १० दशमलव तीन ओभरमा लक्ष्य हासिल गरेको थियो । त्यसका लागि डडेल्धुराका सन्नी विकले आक्रामक ब्याटिङ गर्दैै २४ बलमा ४८ रनको विष्फोटक पारी खेले । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । बलिङमा पोखराका तर्फबाट सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान एक÷एक विकेट लिए ।

दोस्रो खेलमा पहिलो ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४६ रन बनायो । जवाफमा सिक्किमले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा लखनउका तर्फबाट रमन कदयानले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका तर्फबाट रुसभ राथोडले सर्वाधिक २८ रन बनाए । बलिङमा सिक्किमका तर्फबाट अक्षय सैनले चार ओभरमा १४ रन मात्र खर्चिएर दुई विकेट लिए भने लखनउका तर्फबाट चार जना बलरले समान दुई/दुई विकेट लिए ।

आज दुई खेल हुनेछन् । आयोजक भद्रपुर क्रिकेट क्लबका संयोजक गौरव सुब्बाका अनुसार दुई खेलसँगै समूह चरणका सबै खेल पूरा हुनेछन् । टी-२० क्रिकेटको विश्वकप चलिरहेको अवस्थामा पनि प्रतियोगितामा दर्शकको उत्साह र उल्लेख्य सहभागितामा सञ्चालन भइरहेका आयोजकले जनाएको छ । रासस