११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कास्कीमा मतदानस्थलको अनुगमन जारी

कास्कीमा मतदानस्थलको अनुगमन जारी
अ अ+ अ-

गण्डकी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षाका दृष्टिले अतिसंवेदनशील र संवेदनशील मानिएका मतदानस्थलको अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक÷सहायक प्रधानाध्यापक, स्थानीय अगुवासँग मतदानस्थलको वस्तुस्थिति बुझी आचारसंहिताको कार्यान्वयन, भौतिक पूर्वाधार, बिजुली, पानीलगायत सुविधाबारेमा स्थलगत अध्ययन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

सुरक्षाको प्रबन्ध, सडक पहुँचको अवस्थालगायतको निरीक्षण गरी थप सुधार तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायमा समन्वय भइरेहेको सहायक प्रजिअ बरालले बताउनुभयो । मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि पहल गरिएको छ ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा सुरक्षा रणनीतिसेत तयार गरिएको छ । कास्कीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी परिचालन हुने जनाइएको छ । रासस