२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम दररेटमा दाबी गर्न अस्पताललाई निर्देशन



अ+ अ-

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ ।

बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो ।

बोर्डले आजै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधिलगायतका सेवासुविधा गरेबापत दाबी जुन दररेठ न्यून छ सोही दररेट मात्र दाबी गर्न निर्देशन दिएको हो ।

“बिमा बोर्डभन्दा अस्पतालको दररेट न्यून छ भने त्यही अस्पतालकै दररेटमा दाबी गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “यदि बोर्डको भन्दा अस्पतालको दररेट बढी छ भने बोर्डकै दररेटमा दाबी गर्न भनिएको छ ।”

बोर्डले अस्पताललाई मेडिकल, सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र श्ययालगायतको शुल्कमा न्यून दररेट दाबी गर्न निर्देशन दिएको हो ।

न्यून दररेट दाबीसम्बन्धी व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयन गरिने सूचना अधिकारी मल्लले बताउनुभयो । यसअघि बोर्डले सेवाग्राहीलाई अनावश्यक परीक्षण नगराउनसमेत अपिल गरिसकेको छ । रासस