२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर कप क्रिकेटः भीमदत्त र दोधारा चाँदनी विजयी



अ+ अ-

कञ्चनपुर। महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन् ।

प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै दोधारा चाँदनीले पहिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वासले १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो । पुनर्वासका प्रेम ओडले २२ रन र प्रेम खत्रीले २१ रन बनाए । बलिङतर्फ दोधारा चाँदनीका दिपेश खड्का, साजन बिटालु र कैलाशसिंह साउदले दुई दुई विकेट लिए ।

नब्बे रनको सामान्य लक्ष्य दोधारा चाँदनीले १२ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि सन्देश बस्यालले २६ रन र प्रकाशसिंह साउदले १० रन बनाए । बलिङतर्फ पुनर्वासका सिर्जल ओड, रोहन अर्याल र जगदिश बिष्टले दुई दुई विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ दी म्याच दोधारा चाँदनीका दिपेश खड्का घोषित भए ।

त्यसैगरी आजै भएको अर्को खेलमा भीमदत्तले बेलौरी नगरपालिकालाई पराजित गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भीमदत्तले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर एक सय ७८ रन बनायो । भीमदत्तका लागि किरनकुमार ठगुन्नाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी नरेन्द्र रानाले ३० रन र मिलन बोहराले २२ रन बनाए । बलिङतर्फ बेलौरीका धिरेन्द्र विष्टले ३ र विशाल विकेले दुई विकेट लिए ।

एक सय ७९ रनको लक्ष्य पछ्याएको बेलौरीले निर्धारीत २० ओभरमा ६ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । उसका लागि भरत सिंहले २७ तथा निराजन थापाले २१ रन बनाए । बलिङतर्फ भीमदत्तका पुकार चन्द, प्रकाश थापा, मिलन बोहरा र समिर विष्टले एक एक विकेट लिए । उक्त खेलमा प्लेयर अफ दी म्याच किरनकुमार ठगुन्ना घोषित भए ।

जारी प्रतियोगितामा भीमदत्त नगरपालिकाको यो दोस्रो जीत हो । आइतबार उद्घाटन खेलमा भीमदत्तले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको थियो । दोधारा चाँदनीको भने यो पहिलो जित हो । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु एक लाख ५५ हजार पाँच सय ५५ तथा उपविजेताले रु ७७ हजार ७७७ पुरस्कार पाउने छन् । रासस